काठमाडाैँमा एक युवती सामूहिक बलात्कारको शिकार, नुवाकोटका अर्जुन लामासहित तीन पक्राउ
२ असोज, काठमाडाैँ । काठमाडौँमै फेरि २१ वर्षीय एक युवती सामूहिक बलात्कारको शिकार भएकी छन् ।सामूहिक बलात्कार गर्ने तीन जनालार्इ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको कालिमाटीस्थित महिला तथा बालबालिका सेलले बलात्कार आरोपमा नुवाकोट रालुकादेवी गाउँपालिका-९ घर भइ कलंकी बस्दै आएका ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका-८, मजुवा बस्दै आएका ३३ वर्षीय सूर्य राना र भिमढुङ्गा नर्सरीमा होटल सञ्चालक ४० वर्षीय रामकृष्ण नगरकोटीलार्इ पक्राउ गरेको छ ।
नागार्जुन नगरपालिका-७, हसनटारकी ती युवतीलाई नगरकोटीको होटलमा लगेर सामूहिक बलात्कार गरेकोे जनाइएको छ । उनी सोमबार स्यूचाटारबाट बेपत्ता भएको उजुरी परेपछि प्रहरीले खोजतलास गरेको थियो ।
प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार १६:२५