बुढानीलकण्ठ नापी कार्यालयका सर्वेक्षक सुरेन्द्रसिंह कुवँर घुसहित पक्राउ
२ असाेज, काठमाडौं । बुढानीलकण्ठ नापी कार्यालयका सर्वेक्षक सुरेन्द्रसिंह कुवँर घुसहित पक्राउ परेका छन् । काठमाडौंका नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँर २५ हजार रुपैयाँ घुसहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस मागेको भन्ने उजुरीका आधारमा पक्राउ गरेको हो । घुसबापतको २५ हजार रकम लिइसकेको अवस्थामा बुढानीलकण्ठ नगरपालिका वडा नं–७ हात्तीगौडास्थित कमर्सियल कम्प्लेक्सको कम्पाउण्डबाट उनलाई नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार १२:११