अनलाईन सेयर कारोबारकालागि अाम लगानीकर्तालाई मोक ट्रेडिङ्ग सुरु
२ असोज, काठमाडाैँ । अनलाईन सेयर कारोबार प्रणालीका लागि लगानीकर्तालाई अभ्यस्त बनाउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अाजदेखि मोक ट्रेडिङ्ग सुरु गरेको छ । यसअघि सीमित लगानीकर्ता तथा सेयर दलाललाई मोक ट्रेडिङ्ग गराएको नेप्सेले अाजदेखि आम लगानीकर्ता मोक ट्रेडिङ्गमा सहभागि हुन सक्ने जनाएको हाे ।
लगानीकर्ता अहिले भने मोक ट्रेडिङ्गमा कम्युटरबाट मात्र सहभागि हुन सक्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताएका छन । मोक ट्रेडिङ्गमा लगानीकर्ताले आफैँ सेयर खरिद विक्रिको लागि आदेश दिन सक्नेछन् । नेप्सेले सोमबार पत्रकार सम्मेलन गरि मोक ट्रडिङ्गको यूजर म्यानुअलसमेत सार्वजनिक गरेको थियो । मोक ट्रेडिङ्ग वास्तविक कारोबार नभए पनि यो अनलाईन कारोबारको लागि अभ्यस्त बनाउन लागू गरिएको नेप्सेले जनाएको छ ।
प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार ११:२८