दशैँको दक्षिणाका लागि ४० अर्ब नयाँ नोट बजारमा पठाइने
२ असोज, काठमाडाैँ । विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलार्य दशैँमा दक्षिणा दिनका लागि नयाँ नोट साट्ने गरेका छन । सर्वसाधारणलार्इ नायाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफल चलाइरहेको छ ।
मुदा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पाहोर सालकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिने जानकारी दिएका छन । पोहोर दसैंमा राष्ट्र बैंकले ४० अर्ब नयाँ नोट बजारमा पठाएको थियो । उनका अनुसार अब २—३ दिनभित्र हुने छलफललले सटही सुरु हुने दिन र तौरतारिका टुंगो लगाउने छ ।
प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार ०८:५८