सार्वभौम नेपालमाथि धावा बोल्ने भारतीय सेनाध्यक्षको अभिव्क्तिबारे किन बोल्दैन परराष्ट्र मन्त्रालय ?
२ असोज, काठमाडाैँ । बिमस्टेक राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतीय सेनाध्यक्षले नेपालको सार्वभौमसत्तामा नै खलल पुग्ने गरी अभिब्यक्ति दिएको भन्दै त्यसको चर्को आलोचना भएको छ । गत भदौ १४ र १५ मा नेपालमा सम्पन्न बिमस्टेक सम्मेलनले संयुक्त सैन्य अभ्यास गर्ने भन्दै संयुक्त रुपमा सैन्य अभ्यास गर्ने र त्यो सम्मेलन भारतको पुनेमा हुने घोषणा गरिएको थियो ।
नेपालले शुरुमा सैन्य अभ्यासमा सहभागि हुने जानकारी दिएपनि अन्त्यमा गएर सैन्य अभ्यासमा सहभागि नहुने घोषणा गरेपछि भारत नेपालसंग पुन एक पटक झस्किएको थियो । नेपालसंगै थाइल्यान्डले पनि सैन्य अभ्यासमा सहभागिता नजनाएपछि भारतीय संस्थापन पक्ष थप रुष्ट बनेको थियो । पूर्व जर्नेल डा. उमेशकुमार भट्टराईले नेपालको भू राजनीति परिर्वतन हुदै गएको कुरालाई भारतीय सेनाध्यक्षले बुझ्नु भएन उहांको अभिब्यक्तिले नेपाली शासकलाई दक्षिणतिरको परनिर्भरता बिस्तारै परिर्वतन गर्नेतर्फ अभिप्रेरित हुने खालको भएको बताउनुभयो ।
उहांले भन्नुभयो – नेपालले चीनसंग ब्यापार तथा पारवहन संझौता भएपछि चीनले नेपाललाई बन्दरगाह प्रयोग गर्न दिने सम्मका कुरा आएपछि भारतीय सेनाध्यक्षले नेपाललाई लक्षित गरी दिइएको अभिब्यक्तीेकोे कुनै तुक छैन । भारतीय स्थल सेनाध्यक्ष विपिन रावतले बिमस्टेक मुलुकबीच भएको सैन्य अभ्यासको समापन गर्दै नेपाल र भुटान नेपालसंग नझुकी सुख नपाउने अभिब्यक्ति दिनुभएको थियो ।
नेपाली सेनाले समेत सैन्य अभ्यासमा जानको लागि एउटा टुकडी नै तयार पारेको भएपनि मुलुकमा उक्त निर्णयको चर्को बिरोध हुन थालेपछि सरकारले पर्यबेक्षकको रुपमा मात्र सहभागीता जनाउने निर्णय गरेको थियो । रक्षा मन्त्री इश्वर पोखरेलले प्रधानमन्त्रीलाई कुनै जानकारी नै नदिई सैन्य अभ्यासमा पठाउने प्रवन्ध गरेको भन्ने समाचारलाई रक्षा मन्त्रालयले झुठको खेती भएको बताएको छ ।
भारतीय सेनाध्यक्ष रावतले बिमस्टेक शैन्य अभ्यासपछि भएको पत्रकार सम्मेलनमा नेपालले आफुलाई भारतबाट अलग गर्ने सोचाइमा छ भने त्यो अन्यथा हुने दावी गर्नु भएको थियो । गर्न बिमस्टेक शैन्य अभ्यासमा नेपालको अनुपस्थिति र चीनसँग नजिकिँदो सम्बन्धबारे सोधिएको प्रश्नमा सेनापति रावतले भुटान र नेपालले भारत बाहेक अन्य राष्ट्रसंग झुकाव राख्न नसक्ने दावी उहांले गर्नु भयो ।भन्ने अाजको समाचारपत्रले समाचार प्रकाशन गरेको छ ।
यता परराष्ट्र मन्त्रालयले भने यस विषयमा कुनै चासो देखाएको छैन् । नेपालको सार्वभाैमिकता माथि भारतीय सेना अध्यक्षको धावा सामान्य कुरा होइन तर परराष्ट्रमन्त्रालय वेखबर जस्तै बनेको छ ।
प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार ०८:४६