मर्जरका कारण रोक्का रहेका यी ३ कम्पनीको कारोबार खुल्दै
७ मंसिर, काठमाडाैं । मर्जर र प्राप्तिका कारण राेक्का रहेकाे ३ कम्पनीकाे काराेबार फुकुवा हुने भएकाे छ । काराेबार फुकुवाका लागि ३ कम्पनीहरुले नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा निवेदन दिएका छन् । नेप्सेमा निवेदन दिने कम्पनीहरूमा साना किसान लघुवित्त, आएमडिसि र सिभिल बैंकले रहेका छन् ।
साना किसान लघुवित्त र आएमडिसि लघुवित्त मर्जरमा गएका कारण कारोबार राेक्का भएकाे थियाे भने सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गरेका कारण यसकाे पनि काराेबार रोक्का रहेकाे थियो ।
नेप्सेका अनुसार निवेदन दिएका मध्ये सिभिल बैंकको दोस्रो बजारमा कारोबार फुकुवा गरिसकेको छ । साना किसान लघुवित्त र आएमडिसि लघुवित्तको केहि कागजात नपुगेकाले पुन माग गरिएको र सो प्राप्त भएपछि यी कम्पनीहरुको पनि कारोबार सुरू हुने नेप्सेले जनाएको छ ।
प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १०:३०












