४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

पाँच दलीय गठबन्धनलाई दोब्बर मतान्तरमा पराजित गर्दै ललितपुर २ मा एमालेका प्रेम महर्जन विजयी

५ मंसिर, काठमाडाैँ । ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर मर्जन विजयी भएका छन । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनलाई दोब्बर बढी मतान्तरमा पराजित गर्दै एमालेका महर्जन विजयी भएका हुन ।

पाँच दलीय गठबन्धनले ललितपुर २ मा निकटतम प्रतिद्धन्द्धि समेत हुन पाएन । निकटम प्रतिद्धन्द्धीमा हाम्रो नेपाली पार्टीका सुदिन शाक्य देखिएका छन । विजयी महर्जनले १९८३४ मत प्राप्त गर्दा शाक्यले १० हजार ४ सय ४० मत प्राप्त गरेका छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन १० हजार १ सय ३६ मत प्राप्त गरेका छन ।

 यस्तै समाजवादीका महर्जनले ९ हजार ५ सय ३९ मत प्राप्त गरेका छन । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापा ७ हजार ७ सय ९९ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार २१:५४