१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

अोलीको अरिंगाल अाक्रमणः कांग्रेसका नेता कार्यकर्ता अातंकित, प्रधानमन्त्रीको जवाफ माग

१ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा अोलीको अरिंगाल अाक्रमणबारे संसदमा अावज उठेको छ । कांग्रेसमा १० सांसदले संसदमा अरिंगाल अाक्रमणको विषय उठाए । शून्य समय र विशेष समयमा बोल्ने कांग्रेस सांसदले अोली अरिंगाल अाक्रमणबारे अापत्ति जनाएका हुन । अोलीले विरोधीप्रति अरिंगालजस्तै खनिन पार्टीका कार्यकर्तालाई निर्देशन दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल कांग्रेसले अापत्ति जनाएको हो ।

कांग्रेस सांसद  राजेन्द्र केसीले प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले नेपाली कांग्रेसका नेता कार्यकर्ताको साथै जनता पनि अातंकित भएको बताए । उनले ओलीको भनाई अत्यन्त आपत्तिजनक रहेको बताए । उनले भने  ‘प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले नेपाली जनता त्रसित र आतंकित छन । निर्मला पन्त हत्याको सक्कली अपराधी को हो भन्ने आपराध हो ? मण्डलामा विरोध गर्न पाउनुपर्छ भन्ने अपराध हो ?’ केसीले भने, ‘विपक्षलाई हमला गर्ने कुराबारे सदनमा प्रधानमन्त्रीको जवाफ चाहिन्छ ।’

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार १४:२६