सांग्रिला विकास बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, बचत खातामा ९.५० प्रतिशतसम्म
१ मंसिर, काठमाडाैं । सांग्रिला विकास बैंकले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज मंसिर १ गते, बिहिबारदेखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.८५ प्रतिशतदेखि अधिकतम ९.५० प्रतिशतसम्म ब्याज दिनेछ । बैंकले मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.८५ प्रतिशतदेखि अधिकतम १२.८५ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स मुद्दती खातामा १३.८५ प्रतिशत व्याज प्रदान गर्ने छ । कार्तिक महिनामा बैंकले मुद्दतीमा ११ देखि १३ प्रतिशतसम्म ब्याजदर दिएको थियो ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर १२.३० प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार १०:०९












