६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

मेगा बैंकले घोषणा गर्याे लाभांश, बोनस कति ?

३० कार्तिक, काठमाडाैं । मेगा बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूकाे लागि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूकाे लागि लाभांश घोषणा गरेको हाे ।

बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.८३ प्रतिशत नगद गरि कुल ७.८३ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयधनीहरूलाइ वितरण गरिने छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार १०:५६