५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

छाेटाे अवधिमा यी कम्पनीका लगानीकर्ताले कमाए २० प्रतिशतसम्म नाफा

२९ कार्तिक, काठमाडाैं । करिव दुई महिनाकाे अवधिमा ५ वटा कम्पनीका लगानीकर्ता मालामल भएका छन् । सेयर बजारमा निरन्तर पहिराे गएर निराश भएका लगानीकर्ताहरूलाई केही कम्पनीकाे सेयरले भने केही हदसम्म राहात दिएकाे छ । असोज ९ गते नेप्से नजिकको न्यूनतम बिन्दु १८१५ मा हुँदा लगानी गरेका लगानीकर्ताले कार्तिक २८ गतेसम्ममा सेयर बिक्री गर्दा पनि ५ वटा कम्पनीमा १७ प्रतिशतदेखि करिब २० प्रतिशतसम्म कमाउन सफल भएका छन्। ति कम्पनीहरू निम्न रहेका छन्ः

१) जाल्पा सामुदायिक लघुवित्त

याे अवधिमा जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य १८.३८ प्रतिशतसम्म बढेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेसँगै कम्पनीको सेयरमा आकर्षण बढेको हो।

२) नेष्डो समृद्ध लघुवित्त

याे अवधिमा नेष्डो समृद्ध लघुवित्तका लगमनीकर्ताले १९ प्रतिशत नाफा कमाएका छन् । केही समयअघि मात्रै नेप्सेमा  सूचीकृत भएको यस कम्पनीकाे सुरूमा दुई हजार सात सय १० रूपैयाँमा कारोबार भइरहेको थियो। तर हाल कम्पनीकाे सेयर तीन हजार दुई सय २६ रूपैयाँमा कारोबार भइरहेको छ । याे हिसावले कम्पनीका लगानीकर्तालाई १९ प्रतिशत नाफा भइरहेको छ।

३) नेपाल पुनर्बीमा कम्पनी

नेपाल पुनर्बीमा कम्पनीको यो अवधिमा सेयर मूल्य १८.३७ प्रतिशतले वृद्धि भएको छ। पाँच सय ७७ मा कारोबार भइरहेको कम्पनीको मूल्य याे अवधिमा बढर ६ सय ८३ रूपैयाँ पुगेको छ।

४) ओरियण्टल होटेल

असोज ९ गते ओरियण्टल होटलको सेयर कारोबार चार सय १६ रूपैयाँमा कारोबार भइरहेको थियो। हिजाे अर्थात कार्तिक २८ गते कम्पनीकाे सेयर मूल्य बढेर पाँच सय चार रूपैयाँमा कारोबार भइरहेको छ। याे अवधिमा सेयरधनीहरूले सेयर बिक्री गरेकाे भएमा लगानीकर्तालाई २१.१५ प्रतिशतसम्म फाइदा हुने थियाे ।

५) तारागाउँ रिजेन्सी होटेल

तारागाउँ रिजेन्सी होटेलको सेयर मूल्य यो अवधिमा १७.४८ प्रतिशतले वृद्धि भएको छ। साे अवधिमा तीन सय २६ मा कारोबार भइरहेको होटेलको सेयर हाल तीन सय ८३ मा कारोबार भइरहेको हो।

अघिल्लो वर्ष चार करोड ९६ लाख रूपैयाँ नोक्सानमा रहेको होटेलको गत आर्थिक वर्षमा १८ करोड ८० लाख रूपैयाँ नाफा भएको छ। साेही कारणले पनि यसमा लगानीकर्ताकाे आकर्षण बढेको हुन सक्छ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार १४:४६