सजिलै पैसा पाउन, सानिमा भिजा डाइरेक्ट सेवा
२९ कार्तिक, काठमाडाैं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि सानिमा भिजा डाइरेक्ट (VISA Direct) सेवा ल्याएको छ । यो सेवा मार्फत् ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।
विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिनेछ ।
यो सेवा नविन प्रविद्धि भएकोले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त बैकल्पिक माध्यम रहेको छ । उक्त सेवा बैंकले VISA International संग सहकार्य गरी प्रदान गरेको हो । यो सरल, सुरक्षित र छरिटो सेवा हो।
प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार १३:१२












