मंसिरमा बैंकको ब्याजदर नघटाउने नेपाल बैंकर्स संघकाे निर्णय
२९ कार्तिक, काठमाडाैं । मंसिर महिनाका लागि बैंकहरुले ब्याजदर स्थिर राख्ने भएका छन् । मंसिर महिनाको ब्याजदर निर्धारण गर्न नेपाल बैंकर्स संघकाे मंगलबार बिहान बसेको बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।
बैंकर्स संघको बैठकले मंसिर महिनाका लागि कार्तिक महिनाको ब्याजदरलाई नै यथावत राखिएको जनाइएकाे छ ।बैंकहरुले अहिले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दती खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याज तोकिएको छ ।
प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार १२:०३












