गगन थापा प्रधानमन्त्री बन्ने कुरा मतदाता प्रभावित गर्ने स्टनबाजी मात्रैः कांग्रेस नेता ढकाल
२८ कार्तिक, काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता लोकेश ढकालले पार्टी महामन्त्री गगन थापाको प्रधानमन्त्री बन्ने कुरा मतदाता प्रभावित गर्ने स्टनबाजीमात्रै भएको बताएका छन । दैनिकी संवादमा प्रधानसम्पादक माधवप्रसाद तिवारीसँग कुरा गर्दै नेता ढकालले नेपाली कांग्रेसमा प्रधानमन्त्रीमा आकांक्षा राख्ने ६ जना मध्ये सबैभन्दा कमजोर पात्र गगन थापा रहेको बताए ।
उनले शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा शेखर कोइराला र गगन थापा प्रधानमन्त्रीको आकांक्षी भए पनि थापा सबैभन्दा कनिष्ठ रहेको र उनको सम्भावना कम रहेको बताउँदै चुनावमा मतदाता प्रभावित गर्न अनेक स्टनबाजी हुने गरेको बताए ।
थापाकै निर्वाचन क्षेत्रको मतादाता समेत रहेका ढकालको यो विश्लेषणले थापा रेड जोनमा रहेको प्रष्ट देखिएको छ । ढकाल काठमाडाैँका कांग्रेसका नेताहरू मध्येका सबैभन्दा लोकप्रिय मानिएका नेता हुन । उन २०७४ को निर्वाचनमा काठमाडाैँको चार क्षेत्रबाट एकै पटक उम्मेदवारका रूपमा सिफारिस भएका थिए । पूरा अन्तर्वार्ता तल हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार २०:०२












