आजदेखि नेप्सेको नयाँ वेबसाइट मात्र चल्ने
२७ कार्तिक, काठमाडाैं । आज कार्तिक २७ गते आइतबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ वेबसाइटमा मात्र चल्ने भएको छ । यसअघि नेप्सेले नयाँ र पुरानो गरी २ वटा वेबसाईट सञ्चालनमा ल्याएको थियो ।
गत शुक्रबार नेप्सेले सूचना जारी गर्दै हाल संचालनमा रहेको वेबसाइट बन्द गर्ने जनाएकाे हाे । नेप्सेले हाल सञ्चालनमा रहेको वेबसाईट www.nepalstock.com लाई पुर्ण रुपमा बन्द गर्दै नयाँ वेबसाईटलाई पुर्ण रुपमा सूचारु गर्ने सूचनामार्फत जनाएको छ ।
‘हालसम्म परिक्षणका रुपमा संचालन गर्दै आएको नयाँ वेबसाईटलाई कार्तिक २७ गते आईतबारदेखि पूर्ण रुपमा सञ्जालनमा ल्याउने र अब उपरान्त नेप्सेले कुनै पनि सूचनाहरु पुरानो साइटमा अबलोड नगर्ने नेप्सेले जनाएकाे छ ।
लगानीकर्ताहरुले अब नेप्सेको नयाँ वेबसाइट www.nepalstock.com.np बाट मात्र विभिन्न सूचना तथा जानकारीहरु हेर्न तथा प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार ०९:५०












