१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

बामदेवलार्इ सांसद बनाउने जिम्मा नेकपा महासचिव पाैडेललार्इ, बाँकेमा व्यवस्थापन गर्ने तयारी

३१ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गाैतमलार्इ जसरी पनि सांसद बनाउने जिम्मेवारी महासचिव विष्णु पाैडेलले पाएका छन । गत चुनावमा तत्कालीन एमालेका नेताहरूकै कारण पराजित भएका गाैतमलार्इ जसरी पनि सांसद बनाउने जिम्मा पार्टी नेतृत्वले महासचिव पाैडेलार्इ दिएको हो ।

बामदेवका लागि डोल्पामा ठाउँ खाली गर्न खोजिए पनि चुनावमा अाए हराउने भनेर युवाहरूले चेतावनी दिएपछि त्यताको च्याप्टर तत्कालका लागि क्लोज भएको छ । डोल्पाको च्याप्टर क्लोज भएपछि महासचिव विष्णु पाैडेलले गाैतमका लागि बाँके ३ का सांसदलार्इ राजिनामा दिन निर्देशन दिएका छन ।

पौडेलले बाँके ३ का सांसद नन्दलाल रोकायलाई शुक्रबार बोलाएर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् । रोकयले पनि यसको पुष्टि गरेको अाजको अन्नपूर्ण पोष्टले समाचार लेखेको छ । उनले पौडेललाई पार्टीले राष्ट्रिय आवश्यकता ठानेर आधिकारिक निर्णय गरेमा सोच्न सकिने जवाफ दिएका थिए । वामदेवजीलार्य संसदमा ल्याउनैपर्ने राष्ट्रिय आवश्यकता हो भने र त्यसमा पार्टीले निर्णय गर्छ भने म छोड्छु , उनले भने, ब्यक्तिगत हिसाबले म छोड्न तयार छैन, तर पार्टीले निर्णय गरे छोड्छु उनले अन्नपूर्णसँग भनेका छन ।

प्रकाशित मिति : ३१ भाद्र २०७५, आईतवार ०८:१४