डोटी केन्द्रबिन्दु भएको ५.७ म्याग्निच्यूडको भूकम्पले गुल्मीसम्म हल्लायो, क्षतिको बिबरण आउँन बाँकी
२२ कार्तिक, काठमाडाैँ । डोटी केन्द्रबिन्दु भएर केहीबेर अघि भूकम्पको शक्तिशाली झड्का महशुष गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले दैनिकीसँग कुरा गर्दै डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए ।
अधिकारीले मंगलबार राति ९ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुष भएको बताए । भूकम्पले लुम्बिनी प्रदेशको गुल्मीदेखि, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा धक्का दिएको छ । क्षतिको बिबरण भने अहिलेसम्म प्राप्त भएको छैन ।
प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार २१:४६












