पश्चिम नेपालमा भूकम्पको शक्तिशालाी झड्का, क्षतिको विवरण आउँन बाँकी
२२ कार्तिक, काठमाडौँ । पश्चिम नेपालमा केहीबेर अघि भूकम्पको शक्तिशाली धक्का महशुष भएको छ । पश्चिम नेपालको गुल्मीदेखि सुदुरपश्चिमको अछामसम्म भूकम्पको धक्का महशुष गरिएको छ । भूकम्पका कारण के कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ । भूकम्पको बारेमा भूकम्प मापन केन्द्रले अहिलेसम्म केही बताएको छैन ।
अपडेट
डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । मंगलबार बेलुका ९ बजेर ७ मिनेटमा भूकम्प गएको हो । भूकम्पले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा धक्का दिएको छ ।
प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार २१:२३












