विरोध खतिवडाले भोट माग्दा स्थानीयले गालामा झापड हाने
२२ कार्तिक, हेटौँडा । भाेट माग्न गएका मकवानपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार तथा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवमाथि कुटपिट भएकाे छ ।
चुनाव प्रचारका क्रममा नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका खतिवडालाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का स्थानीयबासी पुरुषोत्तम खड्काले पिटेका हुन्।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-४ मा भोट माग्न पुगेका खतिवडा गाडीबाट ओर्लिनेबित्तिकै करिब ५० वर्षीय खड्काले दुई झापड हानेका हुन्।
चुनावी अभियानका क्रममा जाँदा खतिवडामाथि कुटपिटमा संलग्न खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियाे । मकवानपुर २ मा खतिवडाको प्रतिस्पर्धा नेकपा एमालेका युवा नेता महेश बर्तौलासँग हुँदैछ। खतिवडाले पछिल्लो समय एमालेको चर्को आलोचना गर्दै उत्तेजक भाषण दिइरहेका थिए।
प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १६:०२












