बैंकहरूकाे निक्षेप संकलन ४ अर्बले बढ्यो, सिडी रेसियो कति ?
२० कार्तिक, काठमाडाैं । एक दिनमा बैंकहरूकाे निक्षेप संकलन ४ अर्बले बढेकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार कार्तिक १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ५१ खर्ब ५३ अर्ब रूपैयाँ रहेकाे थियाे ।
एकै दिनमा निक्षेप ४ अर्बले बढेर कार्तिक १७ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूकाे कुल निक्षेप ५१ खर्ब ५७ अर्ब रुपैयाँ पुगेकाे छ । याे अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ३ अर्बले बढेर ४५ खर्ब ३९ अर्ब पुगेकाे छ ।
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी स्थिर रहदै ४७ खर्ब ५५ अर्ब रूपैयाँ छ । बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८७.१८ प्रतिशतबाट घटेर ८७.१३ प्रतिशतमा पुगेकाे छ ।
प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार १४:०८












