जाल्पा लघुवित्तले घोषणा गर्याे लाभांश , बोनस र नगद कति ?
२० कार्तिक, काठमाडाैं । जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८३ प्रतिशत नगद गरि कुल ७६.८३ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार १०:३१