९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

सूर्या लाईफ इन्स्योरेन्सले बाेलायाे साधारणसभा, सेयरधनीकाे हात खाली

१८ कार्तिक, काठमाडाैं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार २२ औँ वार्षिक साधारण सभा कार्तिक २८ गते, होटल हैरिसन प्यालेस बिराटनगरमा बिहान ९ बजेदेखि सुरू हुनेछ । कम्पनीले यस बर्ष सेयरधनीलाई दिने लाभांश घाेषणा गरेकाे छैन । उस हिसावले याे बर्ष सेयधनीकाे हात खाली हुने छ ।

सभाले ज्योति लाईफ इन्स्योरेन्ससँग मर्जरमा जाने प्रस्ताव पारित गर्नेछ । मर्जरका लागि कायम भएको १ः८२४५ को स्वाप रेसियोलाई समेत सभाले पारित गर्नेछ । साथै, सभाले  कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । कम्पनीको सेयर कारोबार असार १३ गते देखि रोक्का रहेकाले त्यसअघि कायम सबै सेयरधनीहरु सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार १२:२१