१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

इष्टर्न हाइड्रोको आईपीओ बिहीबार बिहान बाँडफाँड हुने, १३ लाखकाे हात खाली

१६ कार्तिक, काठमाडाैं । इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडकाे आईपीओ भाेलि (कार्तिक १७ गते, बिहीबार) हुने भएकाे छ । कम्पनीले असाेज २८ गतेदेखि कार्तिक २ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे उक्त आईपीओकाे बाँडफाँड भाेलि बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडकाे कार्यालयमा हुने तय भएकाे क्यापिटलले जनाएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६ करोड ७० लाख ३१ हजार रुपैयाँको ६ लाख ७० हजार ३ सय १० कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये जारी पूँजीको ५ प्रतिशत सामूहिक लगानी कोषका लागि, २ प्रतिशत कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ६ लाख २३ हजार ३८९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १३ लाख ९४ हजार ३ सय २६ जना लगानीकर्ताहरूले एक अर्ब ५७ कराेड १८ लाख ४७ हजार रूपैयाँ बराबरकाे एक कराेड ५७ लाख १८ हजार ४ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा १० कित्ता सेयर पाउन पनि भाग्यमा नै भर पर्नुपरर्ने छ ।

गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ६२ हजार ३३८ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ९ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। भने १३ लाख बढी आवेदकको हात खाली हुने भएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार १३:२१