४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

थुनिएको बाग्लुङको बडिगाड खोला विस्तारै खुल्दै, जोखिम कायमै

३० भदाै, बाग्लुङ । पहिरोले थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको बाग्लुङको बडिगाड खोला पहिरो माथिबाट बग्न सुरू गरेको छ ।शुक्रबार राति साढे ११ बजेदेखि थुनिएको खोला शनिबार बिहान साढे पाँच बजेबाट पहिरो माथिबाट बग्न सुरु गरे पनि जोखिम नटरेको प्रहरीले जनाएको छ ।

बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका वडा नम्बर १ को तिरतिरे भन्ने स्थानमा चट्टानसहितको ठूलाे पहिरो खसेर खोला थुनिएको हो । पहिरोले बाग्लुङ बुर्तिवाङ खरबाङखण्डको दुई किलोमिटर सडकको केही भाग पनि भत्काएको प्रहरीले जनाएको छ । खोला थुनिदा बाग्लुङको ढोरपाटन २ सिमलचौरका ४ घर डुबानमा परेका छन् ।

स्थानीय बिमल खड्का अनुसार चुराबहादुर कुमाल, देविराम कुमाल, कृष्णबहादुर कुमाल र रामबहादुर कुमालको घर गोठ डुबानमा परेका छन् । पहिरो खसेर खोला थुनिएपछि खोला किनारका बाग्लुङ र गुल्मीका मानिसहरु रातभर जाग्राम बसेका छन् । पहिरोबाट बाग्लुङका भिङगिठे, खारा, खरबाङ र गुल्मीका भुपाचिदी, मजुवा, चोरकाटे, उल्लीखोला, रिडीसम्मका बासिन्दा जाग्राम बसेका हुन् ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार ०८:३०