५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने आएन सुधार

१४ कार्तिक, काठमाडाैं । नेपालीहरुको दोस्रो महान चाड तिहारको बिदापछि खुलेको पहिलो काराेबारकाे दिन साेमबार सेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३९ अकंले बढेर १८७४.८७ बिन्दु बन्द भएको छ । आज कारोबार रकममा भने खासै सुधार भएको छैन ।

साेमबार २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर किनबेच हुदाँ ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँको कारोबार भएको छ । आज काराेबार भएकाे १३ उपसमूहमध्ये विकास बैंकबाहेक बाँकी सबै उपसमूह घटेकाे छ ।

काराेबारकाे हिसाबले आज एनआईसी एशिया बैंक लिमिटेडको सर्वाधिक खरिदबिक्री भएकाे छ । बैंककाे ६ कराेड १७ लाख २१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यस्तै, साेमबार सयपत्री हाइड्राेकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय १३ रूपैयाँ ५० पैसा पुगेकाे छ । त्यसैगरी, यस दिन अपर हेवाखाेलाकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार १५:२२