यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१४ कार्तिक, काठमाडाैं । विभिन्न ३ वटा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज (कार्तिक १४ गते, साेमबार) अन्तिम दिन रहेकाे छ । एनआईसी एशिया बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स फण्ड र एनआईसी एशिया डाईनामिक डेब्ट फण्डकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।
यी तीनै योजनाको लाभांश वितरणार्थ भोलि कात्तिक १५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ आज कात्तिक १४ गतेसम्म कायम इकाइधनीहरुले मात्रै याे लाभांश प्राप्त गर्न सक्नेछन् ।
एनआईसी एशिया क्यापिटल लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरूलाई करसहित १३ प्रतिशत, एनआईसी एशिया डाईनामिक डेब्ट फण्डका इकाईधनीहरूलाई करसहित ६ प्रतिशत र एनआईसी एशिया ब्यालेन्स फण्डका इकाईधनीहरूलाई करसहित १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।
प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ११:३१












