२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

क्षणिक हुन् सबै कुरा, बुझी राखे राम्रो (गजल)


–गशेण अाचार्य

कसै सँगको दुस्मनी महंगो पर्न सक्छ ।
नहेप्नु कमजोर भनी महंगो पर्न सक्छ ।

आज तिम्रो औकात केही बढी भएपनि
उ नि बन्न सक्छ धनी महंगो पर्न सक्छ ।

क्षणिक हुन् सबै कुरा, बुझी राखे राम्रो
जिन्दगी लामो छ’नी महंगो पर्न सक्छ ।

अरूलाई पार्छु भनी, खनेको खाडलमा
फस्नेछ उ आफै पनि महंगो पर्न सक्छ ।

अती गर्दा खती हुन्छ, भन्ने थाहै होला
सिमा हुन्छ नि सहनी महंगो पर्न सक्छ ।

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार १७:२६