२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा १५१ जनाको मृत्यु


१३ कात्तिक, काठमाडाैं । दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा पनि १५१ जनाको मृत्यु भएको छ । शनिवार राति हालविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा मच्चिएको भागदौडमा १५१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये दुई जना विदेशी नागरिक पनि रहेका छन् । भागदौड किन मच्चियो भन्ने खुलेको छैन । कोरोना महामारीका कारण तीन वर्षसम्म हालविन इभ मनाउन नपाएका हजारौँ कोरियाली युवायुवती यसपालि निकै उत्साहका साथ सडकमा निस्केर इभ मनाइरहेका थिए ।

मध्यरातमा भएको भागदौडबाट ज्यान गुमाउनेमध्ये धेरैजसो युवायुवती नै रहेका खबरमा उल्लेख छ । कोरियाली सरकारले घटनाको छानबिन गर्न एक समिति गठन गरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार ०८:३७