१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

निर्मला हत्या प्रकरणबारे राष्ट्रपतिले मुख खोलिनः न्यायको खोजिमा परिवार भाैतारिन पर्नु दुःखद्

२९ भदाै, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कञ्चनपुर भिमदत्तनगरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको घटनाले आफूलाई चिन्तित तुल्याएको बताएकी छन् ।

राष्ट्रिय बालअधिकार दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सो घटनामा संलग्न अपराधीलाई कानुनको दायरामा ल्याई दण्डित गर्न सबै पक्षलाई संवेदनशील हुन ध्यानाकर्षण गराइन् ।

उनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले न्यायको खोजीमा छटपटाउँदै हिँडने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दैै दोषीलाई खोजी गरी पीडित परिवारलाई न्याय दिन ढिलाइ नगर्न सबै पक्षलाई अाग्रह गरिन्।

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार १३:५४