१४ जेष्ठ २०८१, सोमबार | Mon May 27 2024

भारतीय प्रधानमन्त्री मोदीद्धारा प्रमुख प्रतिपक्षी दल कांग्रेसको चर्को अालाेचना


२९ भदाै, काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्रदामाेदरदास मोदीले प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसको कडा आलोचना गरेका छन् ।काङ्ग्रेसप्रति बिहीबार निकै आक्रामक देखिनुभएका मोदीले काङ्ग्रेसले प्रतिपक्षी दलका रूपमा राम्रो भूमिका खेल्न नसकेको आरोप लगाए ।

आफ्नो दल भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई सम्वोधन गर्दै उनले गत चार बर्षमा काङ्ग्रेसले राम्रो प्रतिपक्षीको भूमिका खेल्न असफल भएको टिप्पणी गरे । उनले काङ्ग्रेसले आफ्नो कार्यकालमा राम्रा काम गर्न नसकेको तर अहिले भइरहेका राम्रा कामहरुको पनि अनावश्यक आलोचना गरेको तर्क गरे ।

आउँदो बर्ष सन् २०१९ मा भारतमा आम निर्वाचन हुन लागेकाले प्रधानमन्त्री मोदी विपक्षीप्रति बढी आक्रामक देखिन थालेका छन् । भारतमा आगामी निर्वाचनमा पनि प्रधानमन्त्रीको पार्टी भारतीय जनता पार्टी र प्रमुख विपक्षी दल भारतीय काङ्ग्रेसकाबीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार १२:४२