४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

कुमारी बैंकले बाेलायाे साधारण सभा, लाभांश प्रस्ताव पेश हुने

११ कार्तिक, काठमाडाैं । कुमारी बैंकले वार्षिक साधारण बाेलाएकाे छ । बैंककाे २२औं वार्षिक साधारणसभा कार्तिक २१ गते नक्साल कार्यालय, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । उक्त सभामा कम्पनीले १२.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पेश हुनेछ ।

सभामा एक आपसमा गाभ्ने/गाभिने र प्राप्ति गर्न संचालक समितिबाट गठित मर्जर समितिले गरेको कार्य अनुमोदन गर्ने, नयाँ मर्जर समिति गठन गर्ने, मर्जर तथा प्राप्तिको सन्दर्भमा डीडीए नियुक्ति गर्नेलगाएत आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने जस्ता प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

साधारणा सभा प्रयोजनका लागि कम्पनीले कार्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेकाे छ । तसर्थ असोज १० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा सहभागि हुन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । हाल कुमारी बैंक र एनसीसी बैंक मर्जर प्रक्रियामा रहेकाले यसको कारोबार रोक्का रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार १३:४७