४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

सानिमा बैंकले घोषणा गर्यो लाभांश, बोनस कति ?

६ कार्तिक, काठमाडाैं । सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक ४ गते शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार १०:४४