२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

सी जिनपिङ चइना कम्युनिस्ट पार्टीको महासचिवमा तेस्रो कार्यकालका लागि निर्वाचित


६ कार्तिक, काठमाडाैँ । चइना कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशनबाट महासचिवमा पुनः सी जिनपिङ निर्वाचित भएका छन । उनी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि महासचिव निर्वाचित भएका हुन । शनिबार सम्पन्न भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

महाधिवेशनले नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने सीको ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय पनि गरेको छ । महाधिवेशनबाट २०५ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन भएको छ । प्रधानमन्त्री ली खछ्याङसहितका चार नेताले भने पार्टीको कार्यकारी समितिबाट अवकाश लिएका छन ।

अवकाश लिने अन्यमा पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सका अध्यक्ष वाङ याङ, चिनियाँ जन कांग्रेसका अध्यक्ष ली चान्सु र उपप्रधानमन्त्री हान झेन रहेका छन । उनीहरू सबै स्थायी कमिटीका सदस्य रहेका थिए । सीपीसीको नयाँ केन्द्रीय कमिटीको बैठकले पोलिटब्यूरो र पोलिटब्यूरो बैठकबाट स्थायी कमिटीको चयन हुनेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार ०९:५१