१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

बोलीको ठेगान नभएका मन्त्री, अाफ्नै पूर्व घोषणा विपरित पछुवाको सुविधा लिँदै शक्ति बस्नेत

२८ भदाै, काठमाडाैँ । वर्तमान वन मन्त्री शक्ति बस्नेत नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकट मानिन्छन । सोही कारण पटक पटक मन्त्री भएर राज्यको सुविधा भोग गरेका बस्नेतको बलीमा भने ठेगान देखिएन । सस्तो लोकप्रियताका लागि गृहमन्त्री हुँदा पछुवा सुविधा समेत नलिने घोषणा गरेका मन्त्री बस्नेत अहिले जवर्जस्त पछुवाको सुविधा लिएर हिडेँका छन ।

बस्नेत अहिले न त उपप्रधानमन्त्री हुन् न त गृहमन्त्री नै तर वनमन्त्रीमात्रै हुँदा पनि उनी पछुवा सुविधा लिएर हिँडिरहेका छन । बस्नेतको झण्डा हल्लाउने गाडीसँगै सशस्त्र प्रहरीको गाडी पछ्रयाउँछ । उही गुडदामात्र हैन् उनको गाडी रोकिएर बस्दा पनि पछुवा गाडी पछाडि नै कुरेर बसिरहेको  हुन्छ । अरु मन्त्री सरहको हैसियत भएका बस्नेतले शक्तिको दुरुपयोग गर्दै शसस्त्र प्रहरीको पछुवा गाडी दौडाएका हुन ।

हुनत उनी नै सामेल भएको मन्त्री परिषद्ले अनियमित खर्च कम गरेर सुशासन स्थापित गर्ने निर्णय पनि गरेको छ । तर, उनी त्यसलाई ठाडै चुनौती दिदै बा २ झ २२०१ नम्वरको गाडीको पछिपछि ना १ झ १५४३ नम्वरको शसस्त्र प्रहरीले भरिएको गाडी कुदाउछन । त्यसोत उनले प्रहरीका केही जवानलाई घरमा काम गर्न समेत राखेका छन ।

अचम्म त के छ भने गृहमन्त्री हुँदा असुरक्षित नभएका मन्त्री बस्नेत अहिले वनमन्त्री हुँदा चाहिँ पछुवा गाडी नै लिनुपर्ने गरी कसरी असुरक्षित भए ?  सामान्यतया दोहोरो सुविधा कसैले पाउँदैन उनले मन्त्रीको हैसियले सुविधान भोग गरिरहेको बेलामा पूर्व गृहमन्त्रीको हैसियतामा फेरि पछुवा किन लिगे अहिले नेकपाका नेता कार्यकर्तामा बढीभन्दा बढी सोधिने प्रश्न बनेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७५, बिहीबार १६:१९