१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

प्रचण्ड फकाउने भारतीय कार्डः मोदीले भने ‘‘तपार्इ इण्डियामा चुनाव लडे पनि जित्नु हुन्छ’’

२८ भदाै, काठमाडाैँ । नेपालमा सधैँ अस्थिरता चाहने भारतले नेकपामा फुट ल्याउन अनेकन कार्डको प्रयोग गरिरहेको खुलासा भएको छ । एउटा कार्डको बारेमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ अाफैँले बालुवाटारमा खुलासा गरेका छन । सत्तारुढ नेकपा केन्द्रीय सचिवालयको बुधबारको बैठकमा प्रचण्डले यसै साता भारत भ्रमण (२१-२४ भदौ) का क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग भएको भेटघाटबारे रमाइलो रिपोर्टिङ गरेको नेपालखबर डट कमले जनाएको छ ।

मोदी-प्रचण्डबीच २३ भदौमा प्रधानमन्त्री कार्यालयमा एक घण्टा एक्लाएक्लै वार्ता भएको थियो । उक्त भेटको सबै किस्सा प्रचण्डले बैठकमा सुनाएका थिए । उनले बैठकमा मोदीसँगको कुरा उल्लेख गर्दै अाफूले त्यहाँको व्यापरीसँगको एक कार्यक्रममा बोलेको कुरा उल्लेख गर्दै  भने ‘तपाईंले दुबै कार्यक्रममा निकै राम्रो बोल्नु भएछ, त्यसबाट भारतका व्यापारी, बुद्धिजीवी तपाईंसँग प्रभावित भएका छन्’ प्रचण्डले बैठकमा भने, ‘भारतमै चुनाव लडेपनि तपाईंले प्रचण्डले जित्न सक्नुहुन्छ भनेर मोदीले मलाई सुनाए।’

बैठकमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले भारत भ्रमणकै क्रममा दिएको अन्तर्वार्ताबारे जिज्ञाशा राखेका थिए। ‘पार्टीभित्र भएको सहमति इण्डियामा गएर नबोलेको भए हुने’ पोखरलले भनेका थिए, ‘आन्तरिक राजनीतिका कुरा नयाँदिल्लीमा गएर बोलेको यी कानले सुन्दा कस्तो कस्तो लाग्ने रहेछ।’ नेपालखबरले उल्लेख गरेको छ ।

नेकपाको एकीकरण हुँदा अाफू प्रधानमन्त्री वा पर्टी अध्यक्ष एक पद लिने गरी गरेको भनेर समेत भारतीय मिडियामा अन्तर्वार्ता दिएका प्रचण्डले भारतमा गएर पार्टीको अान्तरिक कुरा गरेको भन्दै धेरै नेता असन्तुष्ट बनेका छन ।

प्रकाशित मिति : २८ भाद्र २०७५, बिहीबार १२:४६