१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

निर्मलाका लागि न्याय माग्दै कांग्रेसद्धारा संसद अबरोध

२८ भदाै, काठमाडाैँ । कञ्चनपुर भिमदत्त नगरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठकमा अबरोध गरेको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भए लगतै कांग्रेस सांसदहरुले उठेर विरोध गरेका हुन । सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूलार्इ बोल्न समयदिएपछि कांग्रेस सांसद बसेका थिए ।

बडुले निर्मला पन्तको हत्या दिनानुदिन नाटकीय बन्दै गएको बताए । उनले अनुसन्धानबाट वास्तविक दोषी पत्ता लगाउने भन्दा पनि राज्य संयन्त्र वास्तविकता ढाकछोप गर्न केन्द्रित रहेको अारोप लगाए । सभामुखले सरकारको ध्यानाकर्षण गराउँदै उपयुक्त समयमा जवाफ दिने जानकारी दिए ।

प्रकाशित मिति : २८ भाद्र २०७५, बिहीबार १२:२४