नेकपा सचिवालय बैठकः एकीकरण मापदण्डका विषयमा अझै छलफल हुने
२७ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक एकीकरण मापदण्डका विषयमा छलफल जारी राख्ने गरी भोलिसम्मका लागि स्थगित भएको छ । सांगठनिक संरचना एकीकरण मापदण्डका विषयमा छलफल नसकिएपछि बैठक भोलि बस्ने गरी सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा ३ घन्टाभन्दा बढी चलेको बैठकमा एकीकरणका लागि के–कस्ता मापदण्ड रहने भन्ने सम्बन्धमा थप छलफल गर्नुपर्ने भएपछि बैठक स्थगित गरिएको हो । बैठक भोलि बिहीबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको छ। आजको बैठकमा एकीकरणको विधि र मान्यताका सम्बन्धमा महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शपछि पेश गरेको प्रस्तावमाथि छलफल भएको थियो।
प्रकाशित मिति : २७ भाद्र २०७५, बुधबार २०:१२