१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

गगनसहित कांग्रेस एमाले लगायतका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्चमा रिट

२७ असोज, काठमाडाैँ । गगन भन्ने रेवतराज पुरीसहित ९ जना उम्मेदवारको उम्मेदवारीको खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । उम्मेदवार हुन अयोग्य रहेको भन्दै अधिवक्ता अनिल आचार्यले कांग्रेस एमाले पार्टीसहितका ९ जना उम्मेदवारको उम्मेदवारी खारेजी गर्नुपर्ने माग राखेका छन ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कानुनले दोषी ठहर गरेका व्यक्तिहरू पनि उम्मेदवार भएको भन्दै उनीहरूको उम्मेदवारी खारेजीको माग गरिएको हो । अधिवक्ता अनिलले गगन भनिने झापा ५ (ख) का उम्मेदवार रेवतराज पुरी सरकारी जग्गा खाएको मुद्दा खेपिरहेकाे दाबी गरेका छन । त्यस्तै कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार र तनहुँ १ का स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी भ्रष्टाचार मुद्दा खेपीरहेका व्यक्ति हुन ।

रिटमा राप्रपाका विक्रम पाण्डेले पनि भ्रष्टाचार मुद्दा खेपीरहेको उल्लेख गरिएको छ । सिन्धुपाल्चोक १ (क) बाट उम्मेदवार रहेका एमालेका डीबी तामाङ भनिने युद्धविक्रम तामाङ ज्यान मार्ने उद्योगमा प्रहरीको फरार सूचीमा रहेका व्यक्ति भएको रिटमा दाबी गरिएको छ ।

सरिता गिरिले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे विवादित अभिव्यक्ति दिएको कारण तत्कालीन जसपाले उनको सांसद पद नै खोसेको थियो । अधिवक्ता अनिलले गिरीको पनि उम्मेदवारी खारेज हुनुपर्ने दलिल रिटमा गरेका छन । महोत्तरी १ कि उम्मेदवार लक्ष्मी महतो सशस्त्र प्रहरी बलका जवान थमन विकको हत्यामा मुछिएको उल्लेख गरिएको छ ।

रौतहट ३ का उम्मेदवार प्रभु साह वीरगञ्जका काशी तिवारी हत्यामामा संलग्न रहेको भन्दै उनको पनि उम्मेदवारी खारेजीको माग गरिएको छ । उनको मुद्दा महान्यायाधीवक्ताको कार्यालयले फिर्ता लिएको थियो । सर्वोच्चले अनिलको रिटमा ३० गते सुनुवाइ हुने जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार १५:३४