१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

न्यायाधीशलाई सन्दीपको प्रश्नः मेरो चरित्रहत्याको कुनै उपचार छ श्रीमान् ?

२४ असोज, काठमाडौँ । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले पहिलो पटक अदालतमा उपस्थित गराएको छ । अदालतमा पहिलो पटक उपस्थित भएका सन्दीपले न्यायाधीशसँग गम्भीर प्रश्न उठाएका छन । उनले न्यायाधीश दण्डपाणि न्यौपानेलाई प्रश्न गरे यो सम्पुर्ण प्रक्रियाबाट मेरो आत्मासम्मानमा चोट पुगेको छ। चरित्रहत्या गरिएको छ। ममाथि झुटा आरोप लगाइयो। यसको कुनै उपचार छ श्रीमान् ?

सन्दीपको प्रश्नपछि न्यायाधीश न्यौपानेले आज म्याद थपको विषयमात्र भएकोले आफ्नो कुरा पछि राख्न सक्ने बताएको अधिवक्ता शक्ति पाठकले जानकारी दिए । सन्दीपलाई बुधबार फेरि अदालतमा उपस्थित गराउने तयारी छ । सोमबार नै जिल्ला अदालत काठमाडौँले लामिछानेलाई सात दिन म्याद थप गरेको छ । अदालतले यही असोज २० गतेदेखि लागू हुने गरी २७ गतेसम्मका लागि म्याद थप गरेको हो ।

अदालतमा लामिछानेले जाहेरवाली १९ वर्षको भएको र नाबालिका नभएकोसमेत न्यायाधीश समक्ष राखेका छन । लामिछानेलाई नाबालिकामाथि जबरर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले यही असोज २० गते अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो । दसैँ बिदापछि आजदेखि अदालत खुलेको हुनाले म्याद थपका लागि लगेको हो ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार १७:५९