सरकारको लोकप्रियता बढाउन नेकपाले गर्नै पर्ने ६ काम
–प्रेमलकुमार खनाल
जनताको अभिमतवाट कम्युनिष्ट पार्टी सरकारमा पुगे पछि सरकारले लोकप्रिय ढंङ्गले काम गरे पछि मात्र राज्य सत्तामा श्रमजीवि वर्गको नेतृत्व कायम हुन्छ । यसै भएर सरकारलाई पार्टीका नीति अनुरुप नीति तथा कार्यक्रम बनाएर लागु गर्न पार्टीले हर हमेशा निर्देशीत गरि रहनु पर्दछ । पार्टीले नीति कार्यक्रममा मात्रै होइन, सरकारले प्रभावकारी तवरले कार्य गर्न सक्यो सकेन ? भनेर पार्टी भित्र अनुगमन गर्ने संयन्त्र पनि हुनु पर्दछ । यसो गर्दा मात्र पार्टी र सरकार वीचको सम्बन्ध प्रगाढ, र जीवन्त बन्नत छ ।
सरकारले अवलम्बन गर्ने हरेक नीति तथा कार्यक्रमका बारेमा पार्टीले अपनत्व लिन सक्ने गरि सरकारमा कार्यक्रम संचालन हुने र सरकारको तर्फवाट पार्टी भित्र जानकारी गराउने, कार्य हुनु पर्दछ । सरकारले नीति कार्यक्रम बनाउदा र सम्बन्भित तहको पार्टी कमिटीवाट सुझाव लिने र तदनुरुपको नीति कार्यक्रमलाई सरकार मार्फत लागू गर्ने कार्य गर्न सक्दा पार्टी पंक्ती ले सरकारका नीति, कार्यक्रम व्याख्या, विश्लेषण गर्ने र सरकारका नीति कार्यव्रmम प्रति प्रतिपक्षीहरुले गर्ने विरोधको खण्डन मण्डन गर्ने कार्य गर्न सहज हुन्छ ।
नेपाल कम्युमिष्ट पार्टीको नेतृत्वमा वाम गठनबन्धनको सरकार गठन भएको छ महिना व्यक्त भयो । निवचिनमा जनताको विश्वास जितेर सरकार गठन गरे पछि राष्ट्रिय अन्तराष्ट्रिय रुपमा नै अधि चासो र चर्चा को विषय बन्यो । सर्वत्र खुसीयाली छायो, खास गरि श्रमजीवी वर्गको वीचमा वामपन्थीहरुले दुई तिहाईको हाराहारिदरी विजयी हासिल गरे पछि निन्द्रा हराय हुन थाल्यो ।
लोकतान्त्रीक आन्दोलनमा नेत्तृवकारी भूमिका निर्वाह गरेका र जनताको विश्वास जितेर सरकारमा पुगेका बामपन्थीहरु विरुद्ध अहिले पूँजीवादीहरुले ‘‘अधिनायक अधिनायकवादी शासन सुरु गरेको अर्नगल प्रचार गरि रहेका छन । यसरी वर्तमान सरकारका विरुद्ध पूंजीवादीहरुले जुन ढंगले दुरुप्रचार गरि रहेका छन, यसको पार्टी पंक्तीवाट प्रतिवाद गर्नु पर्दछ । सरकारले जनताको मन छुने कार्यव्रmम संचालन गरेर जनताको विश्वास आर्जन गर्ने कार्यमा लाग्नु पर्दछ । यसो भयो भने मात्र सरकारको लोकप्रियता बढेर जान्छ ।
पार्टी र सरकार वीचको सम्बन्धलाई व्यवस्थित गर्न जरुरी छ । अहिले संघ प्रदेश र स्थानीय तह गरी ३ वटै तहमा पार्टीको तर्फबाट निर्नाचित जनप्रतिनिधिहरुले नेतृत्व गरि रहेका छन् । सरकारको कार्यलाई प्रभावकारी बनाउन निम्न विषयमा पार्टीको ध्यान जान जरुरी छ ।
१) उच्च स्तरीय संयन्त्र निर्माणः
सरकारका कार्य लाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट उच्चस्तरीय संयन्त्र निर्माण हुन सक्यो भने यसले सरकारको कामलाई नयाँ गति दिनेछ । पार्टी भित्र अनुभवले खारिएका ३/३ जना प्रधानमन्त्री, ३/४ जना उपप्रधान मन्त्रीहरु रहेका छन । यसरी उच्च स्तरीय संयन्त्र मार्फत सरकारलाई सल्लाह सुझाव दिने र सरकारले तदनुरुप कार्य संचालन गर्दा पार्टी र सरकारका विचमा नयाँ रक्त संचार हुने छ ।
२) सक्षम र योग्य व्यक्तिहरुको छनौः
सरकारमा नियुक्त गरिने मन्त्रीहरु सक्षम र योग्य व्यक्तिहरु छनौट गरिनु बान्छनीय हुन्छ । सरकार संचालन गर्ने कार्य चुनौतीपूर्ण कार्य हो । योग्य, सक्षम र विषय विज्ञ भएका व्यक्ति वाट मात्र कर्मचारीतन्त्रलाई निर्देशीत, र समन्वय गर्न सक्ने सामथ्र्यत्ता राख्न सक्दन । अत ः मन्त्री पदमा व्यक्ति छनौट गरिदा यि विषयलाई ध्यान दिन जरुरी हुन्छ ।
३) राजनीतिक नियुक्तीः
पार्टीले विभिन्न आयोग, समिति र कुटनीतिक क्षेत्रमा नियुक्त गरिने व्यक्तिहरु सक्षम, योग्य र सम्बन्धित क्षेत्रको अनुभवी र विज्ञ हुन जरुरी छ । यसका लागि पार्टी भित्र राजनीतिक नियुक्तीका लागि सिफारिस गर्ने अधिकारीक निकाय हुन जरुरी छ । पार्टीवाट सिफारिस गरिने व्यक्तिको सबै पक्षको विश्लेषण गरेर पार्टीको संस्थागत निर्णयवाट गरिने सिफारिस र तदनुरुपको नियुक्ती प्रकृयाले यसरी नियुक्त हुने व्यक्तिले पार्टीको नीति अनुरुप जवाफदेही भएर काम गर्ने स्थितिको विकास हुन्छ ।
४) सरकारका कामको आवधिक समीक्षाः
पार्टी भित्र ३ वटै तहका सरकारको कामको आवधिक समीक्षा गर्ने गरिनु पर्दछ । समीक्षावाट सरकारले गरेका राम्राकामको प्रचार प्रसार गर्ने र कमी कमजोरी भए तत्काल सुधार गर्ने गुन्जायस रहन्छ यसरी कार्य प्रक्रियालाई अगाडी बढाउन सके पार्टी र सरकार बीचको सम्बन्ध राम्रो भएर जान्छ ।
५) मितव्ययिता, आर्थिक अनुशासन र पारदर्शीताः
तीन वटै सरकारवाट सरकार संचालन गर्दा मिलव्ययि, आर्थिक अनुशासन र पारदर्शिता कायम गर्न हर हमेसा ध्यान दिन जरुरी हुन्छ । अहिले प्रदेश र स्थानीय तहका सरकारहरु वढी आर्थिक विषयमा आलोचित भएका छन । जनप्रतिनिधिको तलब सुविधा, सवारी साधन खरिद आदि विषयले पार्टीको छवी राम्रो हुन नसकेको टिप्पणी हुन थालेको छ । अत ः यस्ता विषयहरुमा पार्टी भित्र छलफल गर्ने, आर्थिक दायित्व बढदै जाने तर जनताले प्रतिफल प्राप्त नगर्ने खालको वजेट खर्च प्रति गम्भीर बन्नै पर्दछ । र पार्टीको तर्फबाट यस विषयहरुमा गम्भीरता पूर्वक समीक्षा गर्नु पर्दछ ।
६) जनसरोकारका एजेण्डा अनुरुप नीती कार्यक्रम संचालनः
पार्टी भित्र जनताले भोगीरहेका जल्दावल्दा समस्या के कस्ता छन ? कसरी समाधान गर्न सकिन्छ ? सरकार मार्फत जनताका समस्या कसरी पुरा गर्न सकिन्छ ? भनेर व्यापक छलफल हुन जरुरी छ । जनताका समस्या प्रति पार्टी वरवार बन्नु हुदैन । सबै कार्य सरकारले नै गर्ने हो भनेर पार्टी वेखवट बन्ने हो भने सबै कार्यहरु एकपाखे बन्न पुग्दछन । खास गरि सरकारवाट सञ्चालन गरिने विकास निर्माणका कार्यमा पार्टीको तर्फबाट पनि अधिकसे अधिक जनसहभागीता, र जनश्रमदान जुटाई विकासका कार्य सम्पन गर्न गराउन ध्यान दिनु पर्दछ । यसो गर्दा सिंगो पार्टी पंक्ती विकास निर्माणका कार्यमा परिचालित हुने आधार तयार हुन्छ ।
प्रकाशित मिति : २७ भाद्र २०७५, बुधबार १३:३९