२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

प्यूठानको माण्डवीमा पहिरोले घर पुरिदाँ ६ जना बेपत्ता

२१ असोज, काठमाडाैँ । प्यूठानमा पहिरोले घर पुर्दा ६ जना बेपत्ता भएका छन । माण्डवी गाउँपालिका–४, फरुन्डेमा बोम बहादुर राहुँको घर पहिरोले पुर्दा बेपत्ता हुनेहरुमा घर भित्र रहेका ६० वर्षीय राहुँ र उनकी ५५ वर्षिया श्रीमती सहित २१ वर्षीया टेकी राहुँ, ४ वर्षीय सुशान राहुँ, ६० वर्षीय हीराबहादुर थापा र १८ वर्षीया मौसमी थापामगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरिक्षक सुशील थापाले जानकारी दिए।

पहिरोले घर पुरिएको खबर पाउना साथ जिल्लाबाट प्रहरीको टोलि घटनास्थल तर्फ गएको छ । उक्त स्थानमा जाने बाटो अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भईरहेको प्रहरी निरिक्षक थापाले बताए।

प्रहरीका अनुसार माण्डवी–१ स्थित अरङ खोलाले बगाउँदा ३५ वर्षीय धनबहादुर सुनार बेपत्ता भएका छन्। यसअघि दशैंको दिन ऐरावती–५ जाडीखोलाले बगाएका ५ वर्षीय सुसन सुनार अझै फेला परेका छैनन्।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार १९:५९