१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

नुवाकोटको ककनीमा बाढीले बगाएका ४ वर्षीय बालक पनि मृत भेटिए

२१ असोज, काठमाडाैँ । नुवाकोटको ककनीमा मामाघरमा दसैँ मानेर घर फर्किरहेका बालबालिकालाई खोल्साको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार ३ः बजेको समयमा बाढीले बगाएर बेपत्ता भएका ४ वर्षका श्रीयान घिमिरे शुक्रबार बिहान १० बजेको समयमा करिब दुई किलोमिटर तल नागडोल खोलामा भेटिएको स्थानीय समेत रहेका एमाले नेता बैकुण्ठ घिमिरेले जानकारी दिए ।

श्रीयानको दिदी बेबिसा घिमिरेको हिजै अस्पताल लैजानेक्रममै मृत्यु भएको थियो । श्रीयानको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याउने तयारी भएको घिमिरेले बताए ।

बिहीबार काठमाडौँको मामाघरमा दसैँ मानेर घर फर्कने क्रममा ककनीको वडा नम्बर १ मा रहेको एक खोल्सा ढल थुनिएर सडकबाट बगिरहेकोमा बालबालिका चढेको मोटरसाइकल बाढीले ढालेको थियो । मोटरसाइकलमा सवार श्रीयान र बेबिसाको पिता भने सकुशल रहेका छन ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार ११:३२