५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

मर्यादा विपरीत आचरण गर्ने इन्सपेक्टरसहित ६ प्रहरी कारवाहीमा

२७ भदाै, वर्दिया ।  सङ्गठनको व्यावसायिक मर्यादा विपरीत आचरण गर्ने ६ जनालाई प्रहरीलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले आन्तरिक शुद्धीकरण अभियानअन्र्तगत प्रहरी सङ्गठनको व्यावसायिक मर्यादा विपरीत आचरण गर्ने ६ जनालाई कारवाही गरिएको जनाएको छ ।

कारवाही पर्नेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक तीन, प्रहरी हबल्दार एक र प्रहरी जवान एक जना रहेको बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो ।

जिल्लाको शान्तिसुरक्षासहित आन्तरिक शुद्धीकरण आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले लागुऔषध नियन्त्रण तथा मानव बेचबिखन, महिला हिंसा, लैङ्गिक हिंसा, आत्महत्या, बहुविवाह, घरेलु हिंसाजस्ता घटनाको न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिरहेको बताउनुभयो । नागरिक मैत्री प्रहरी सेवाप्रति आफू सदैव समर्पित रहेकोमा पनि प्रहरी उपरीक्षक मैनालीले जोड दिनुभयो ।

प्रकाशित मिति : २७ भाद्र २०७५, बुधबार ०६:४१