आजै ५ बजेसम्म देउवाले बन्द सूची नसच्याए कांग्रेसमा देशव्यापी बिद्रोहः नेता घिमिरे
१५ असोज, काठमाडाैँ । नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाले आजै साँझ ५ बजेसम्ममा समानुपातिकको बन्द सूची नसच्याए देशव्यापी बिद्रोह हुने जानकारी दिएका छन । उनले ट्वीट मार्फत देउवालाई अल्टिमेटमको जानकारी गराएका छन ।
उनले ट्वीटमा भनेका छन, ‘नेपाली कांग्रेसका लागि सुचि सच्याउने समय आज ५ बजेसम्म भएकाले पार्टीद्वारा प्रस्तावित अन्तिम सुचिको प्रतिक्षामा रहेको जानकारी गराउँदछु।जय नेपाल !!’
कांग्रेस नेता डा शेखर कोइराला समूहले समानुपातिक र प्रत्यक्षतर्फ ४० प्रतिशत कोटा सुनिश्चित नगरे बद्रोह गर्ने चेतावनी यसअघि सार्वजनिक रूपमा दिइसकेको छ । देउवाको अतिवादका विरूद्धमा संघर्षको नेतृत्व गरिरहेका नेता घिमिरेले आज साँझ ५ बजेसम्म पार्टी नेतृत्वलाई समानुपाकि सूची सच्याउने समय दिइएको बताएकाह हुन । निर्वाचन आयोगमा आइतवारसम्म समानुपातिकतर्फको बन्द सूची सच्याउन पाइनेछ ।
प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार १२:३६












