१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

रक्षा मामिलाका विज्ञ डिन थम्प्सन नेपालका लागि अमेरिकी राजदूतमा नियुक्त

१५ असोज, काठमाडाैँ । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले सपथ लिएका छन । थम्प्सनले नेपालको राजदूतमा नियुक्त भएपछि सपथ लिएका हुन । यसअघिका राजदूत रेन्डी बेरी नामिबियाको राजदूतमा नियुक्त भएर जाँदैछन ।थम्प्सन केही दिनमै नेपाल आउनेछन ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण र मध्य एसिया हेर्दै आएका थम्पसनलाई नेपालको नयाँ राजदूतमा नियुक्त गरेका हुन । थम्पसन एसियाली मामिलाका विज्ञ समेत मानिन्छन ।

अनुभवी अमेरिकी कूटनीतिज्ञ थम्पसन रक्षा मामिलाका जानकार हुन् । नेपालका लागि अमेरिकीको राजदूत र्‍याण्डी बेरीको गत वर्ष नै कार्यकाल सकिए पनि एमसीसी अनुमोदन गराउन उनको म्याद थपिएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार १२:१६