१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

मन्दिरमा पसेका युवालाई दलित भन्दै कुटपिट गर्ने कांग्रेस नेता जुद्धबहादुरविरूद्ध मुद्दा दर्ता

१४ असोज, बाजुरा । मन्दिरमा पसेको युवालाई दलित भनेर कुटपिट गर्ने नेपाली कांग्रेसका एक नेताविरूद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष समेत रहेका कांग्रेस नेता जुद्धबहादुर अयडीसहित ३ जनाविरूद्ध जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दा दर्ता गरेको हो ।

घटस्थापनाको दिनमा मन्दिरमा नाटेश्वरी मन्दिरमा दर्शन गर्न जाँदा अध्यक्ष अयडीसहित तीन जनाले कुटपिट गरेपछि टेकेन्द्रसिंह सुनारले किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका अाधारमा प्रहरीले उनीहरूविरूद्ध जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दा दर्ता गरेको हो ।

प्रहरीले कुटपिटमा संलग्न रहेका अयडीलाइ पक्राउ गरिसकेको र रंगलाल पाध्याय र विनोद अयडीको खोजी जारी रहेको बताएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार १८:०४