४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

नुवाकोटको पञ्चकन्या उच्च माविमा विकृतिविरूद्ध बोल्दा कार्यालयमै शिक्षकको हत्या प्रयास

२५ भदाै, नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा रहेको पञ्चकन्या उच्च माविमा एक शिक्षकको हत्या प्रयास भएको छ । शुक्रबार दिउँसो उच्च माविको कार्यालय (अफिस कोठा)मा ढोका थुनेर सहकर्मीले नै हत्या प्रयास गरेको प्रत्यक्षदर्शी अर्का शिक्षकले दैनिकीलार्इ जानकारी दिए ।

राजनीतिक दलको झण्डा बोकेर नेताको अघि र पछि गर्ने तर विद्यालयबाट तलब खाने प्रवृति शिक्षकहरूमा देशव्यापी रूपमा माैलाउँदै जाँदा त्यस्ता गतिबिधिको बिरोध गर्नेहरू निशाना बन्ने गरेका छन । पञ्चकन्या उच्च माविमा पनि यस्तै घट्ना घटेको छ । विद्यालयको अान्तरिक विषय भनिएको अनियमितता लगायतको विषयमा बाहिर सूचना लिक गर्यो भन्ने अारोप लगाएर विज्ञान शिक्षक मोहन रसाइलीको हत्या प्रयास भएको हो ।

शुक्रबार दिँउसो १ बजे सबै विद्यार्थी घर गएपछि प्रधानाध्यापक समेतको उपस्थितिमा अर्का शिक्षक नवराज थापाले ढोका थुनेर ज्यान लिने उद्देश्यले निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शी अर्को शिक्षकले बताए । उनले भने ‘प्रधानाध्यापक, पूर्व प्रधानाध्यापक लगायतका सिनियर सरहरू पनि झ्यालबाट रमिता हेरेर बसिरहनु भएको थियो मैले केही भनेर रोक्न खोजेको गला अबरूद्ध भएर अायो ।’ रसाइलीलार्इ त्यसपछि पनि तलार्इ जहाँ गए पनि मार्छु भनेपछि उनी भागेर काठमाडाैँ पुगेका छन ।

स्रोतका अनुसार विद्यालयले कुनै अमुक पार्टीको झण्डा बोकेर हिड्ने एक जना शिक्षकलार्इ कानुन विपरित हरेक महिना तीन हजार तीन सय रूपैयाँ थप गरेर दिने गरिएको छ । जुन विषय प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, लेखा प्रमुख र सम्बन्धित शिक्षकलार्इ मात्रै जानकारी थियो तर पछिल्लो पटक एक कान दुर्इ कान हुँदै सबैले थाहा पाएपछि त्यसको रिस रसाइली माथि पोखिएको ती शिक्षकले बताए ।

उनका अनुसार शाैचालय निर्माणमा समेत मिलेमतोमा अनियमितता भएको छ । स्रोतका अनुसार ढोका थुनेर कुटपिट गरेको र शिक्षकहरूले बाहिर रमिता मानेर हेरको बारेमा बाहिर बताए पनि रसाइलीको ज्यान लिने धम्की थापाले दिएका छन । त्यही डर र धम्कीका कारण रसाइलीले प्रहरीमा उजुरी समेत नदिएको अर्को शिक्षकले बताए । विद्यालयको शिक्षक परिवारनै खनिएर यसरी ज्यान लिने उद्देश्यले कुटपिट हुनु र बाँकीले रमिता हेरेर बस्नुले शैक्षिक वातावरण नै खलबलिन सक्ने भन्दै अभिभावकहरूले चिन्ता गरेका छन । अापराधिक कर्ममा एक जुट बन्ने शिक्षकले नैतिकताको पाठ कसरी पढाउनछन ती अभिवकले भने । हामीले घटनाको विषयमा जानकारी पाएपछि पीडित शिक्षक रसाइलीलार्इ सम्पर्कको कोशिश गरेका थियाैँ तर उनीसँग सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार २२:२८