५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

देउवा पत्नी आरजुको प्रधानमन्त्री हुने इच्छा पूरा गर्ने बाटोमै नेपाली कांग्रेसको बन्द सूची

९ असोज, काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देवाको प्रधानमन्त्री हुने चाहना पूरा हुने तवरबाटै समानुपातिक निर्वाचनको बन्दसूची तयार भएको देखिएको छ । जुन सूचीमा कांग्रेसको डा शेखर कोइराला समूहले सार्रवजनिक रूपमै बिरोध जनाएको छ ।

देउवाको इशारा मान्ने र हस भन्ने लहरका अधिकांश नेता बन्द  सूचीमा परेको कांग्रेस स्रोतले जनाएको छ । ११० जनाको प्रतिनिधिसभाको बन्द सूचीमा देउवा समूहका करिब ९७ जना रहेका छन । कोइराला समूहबाट रहेकाहरू पनि कतिपय क्लस्टरको प्राथमिकता छलिने गरी परेको ती नेताले बताए ।

अहिलेकै बन्द सूची कार्यान्वयन भए भारतीय जनता पार्टीका महासचिव विजय चौथाइवालेको मध्यस्ततामा भारतीय भूमिमै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आलोपालो प्रधानमन्त्रीको सहमति गरेको भनिएकी प्रधानमन्त्री पत्नी राणाको इच्छा पूरा गर्न देउवालाई थप सहज हुनेछ ।

नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार बन्न संसदीय दलको नेता बन्नुपर्ने व्यवस्था अनिवार्य नै रहेको छ । प्रत्यक्षमा पनि देउवाले आफू अनुकुलका नेतालाई नै टिकट दिनेमा कुनै शंका छैन । केन्द्रीय कमिटीमा दुइतिहाइ बढी देउवाको होल्ड रहेको छ । प्रधानमन्त्री हुने रहर गरेकी राणा समानुपातिकको सूचीमा ५ औँ स्थानमा रहेकी छिन ।

आरजु र प्रचण्डको भारत भ्रमणमा आलोपालो प्रधानमन्त्री हुने कुरमा सहमति जुटेपछि तीन वर्षदेखि संसदमा रहेर सहमति जुटाइएको नेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक फिर्ता लिएर सरकारले बिबाहित अगंगिकृतलाई बिबाहको भोलिपल्टै नागरिकता दिने प्रावधानसहितको नयाँ बिधेयक अघि बढाएर संसदबाट पारित गराइ राष्ट्रपतिकोमा पठाएको थियो । उक्त विवादित विधेयक राष्ट्रपतिले रोकिदिएकी थिइन । अहिले भने संसदको कार्यकाल सकिएसँगै विधेयक पनि निष्क्रिय भएको छ।

राणाले कैलालीबाट चुनाव लड्ने तयारी गरेको भए पनि गठबन्धन हुँदा समेत पराजित हुने भय देखिएपछि सामानुपातिकमा सूचीकृत भएको कांग्रेसकै नेताहरूले बताइरहेका छन । राणाले प्रधानन्त्री हुने रहर गरेर त्यसको सिक्वेन्स मिलाएको थाहा पाएपछि महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा दाबी गरेका थिए भने विश्वप्रकाश शर्मा लगायतले उनको कुरामा समर्थन जनाएका थिए ।  नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रहेका नेताहरूको नामावाली तल हेर्न सक्नुहून्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आईतवार १५:१८