१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

मैयासँग मिलेर घुस खाने प्रहरी इन्सपेक्टर गणेशसिंह महता रंगेहात पक्राउ

२५ भदाै, काठमाडाैँ । बर्दियाको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक गणेशसिंह महता र बढैयाताल गाउँपालिका- ७ निवासी स्थानीय मैया पौडेल रंगेहात पक्राउ परेका छन । अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीले उनीहरूलार्इ घुससहित पक्राउ गरेको हो ।

पक्राउ परेका केटाकेटीलाई हिरासतबाट छुटाउन भन्दै ३० हजार रुपैयाँ घुस लिएको आरोपमा उनीहरुलाई आयोगको कार्यालय नेपालगञ्ज कार्यालयको टोलीले पक्राउ गरेको हो।

घुस लिएको आरोपमा दुवैजनालाई अख्तियारको टोलीले मैनापोखर इप्रकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले पुष्टि गरे । पक्राउ परेका केटाकेटीलाई बिहान छोड्ने बेलामा उनीहरुले पैसा लिएको डीएसपी बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : September 10, 2018 at 2:57 pm