४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

निर्मला हत्याको छानविन समितिले नै तथ्य अोझेलमा पार्न खाेजेको भन्दै केसीको राजिनामा

२५ भदाै, काठमाडाैँ । कञ्चनपुर भिमदत्तनगरकी की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिका एक जना सदस्यले राजीनामा दिएका छन् ।

छानविन समितिमा रहेका प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन । उपसचिव केसीले छानविन समितिको म्याद थप गरिएकोमा असन्तुष्टि जनाएका छन् ।

उपसचिव केसीले प्रतिवेदनको मस्यौदा तयार भइसकेको भन्दै उनले भनेका छन्, डीएनए टेष्टको रिपोर्ट र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुनसक्ने सम्भावित दुर्घटना र अपराधी उम्कन सक्ने सम्भावनाबारे आफ्नो धारणा समितिमा राख्दै अाएकाे बताउँदै  अाफ्नो धारणा र तथ्य ओझलमा पर्ने सम्भावना देखेर जिम्मेवारीबाट अलगिएको बताए ।

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार १४:१२